पोखरामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख २७ देखि
पाेखरा | बैशाख २४, २०८०
पोखरा: पोखरामा मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशनको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिको सयुक्त आयोजनामा बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने पोखरामा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले जानकारी दिएको छ ।
९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका महासचिव वरदान लामाले बताए ।
कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ ।
निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ ।
३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् ।
देशभर फैलिएका उदीयमान प्रतिभालाई एकिकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताए ।
प्रतियोगिता सञ्चालन गर्न १४ लाख ४५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा १२ वर्ष मुनिका खेलाडीदेखी ५५ वर्ष माथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

